अम्बे स्टिल्स ५००डीलाई नेपाल गुणस्तर चिन्ह

ambesteels

अम्बे स्टिल्स ५००डीले नेपाल गुणस्तर चिन्ह (एनएस)बाट प्रमाणीकरण पाएको छ । अम्बे स्टिल्स ५००डीमा अन्य छडहरुको तुलनामा विशिष्ट भौतिक, रयासनिक र यान्त्रिक गुण छन् । एक प्राविधिक बैठकमा अम्बे स्टिल्स प्रालिका प्रतिनिधिले अम्बे स्टिल ५००डीमा उच्च क्षमता रहेको र उच्च लचिलोपना भएको छड भएको बताएका थिए ।

‘उच्च लचिलोपना र क्षमताको कारण अम्बे स्टिल्स ५००डी नेपालमा प्रयोगको लागि सबैभन्दा राम्रो छ’, उनले भने । उनले नेपालमा भूकम्पको जोखिमलाई ध्यानमा राखेर कम्पनीले यो छड निर्माण गरेको बताए । कम्पनीका अनुसार अम्बे स्टिल्स ५००डी छड आठदेखि ३२ एमएम सम्ममा उपलब्ध छन् ।

Source: Online Khabar

© Ambe Group. All Rights Reserved.
Website by: Curves n' Colors